कोरोना संक्रमणबाट धनकुटा पाख्रिवासमा १ जनाको मृत्यु
धनकुटा । धनकुटाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै धनकुटामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।
यही कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस