मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरस (कोभिड –१९) को संक्रमण भएको छ ।
बुधबार साँझ ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको उनले बताएका हुन् । पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउनसमेत उनले आग्रह गरेका छन् ।
ट्वीटमार्फत् उनले लेखेका छन्‚ ‘मलाई कोभिड ‘१९ पोजेटिभ देखिएको छ । केही दिनयता मसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउनुहोला ।’
प्रतिकृया दिनुहोस