काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा थप १९३४ जनामा कोरोना संक्रमण

Kathamandu velly

काठमाडौं । काठमाडौं उपत्यका देशभकै कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी जम्मा १ हजार ९ सय ३४ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ गरी जम्मा १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ८४ हजार ५ सय १८ जना निको भएर घर फर्किएका छन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० रहेको थियो ।

कोरोना संक्रमणबाट ६ सय ९४ ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...