पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु, मृतक सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्रकै

Coronavirus death body

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । त्यसमा पनि काठमाडौं उपत्यका त कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको छ । पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेहरुमा अधिकांश काठमाडौं उपत्यकाका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी एक महिलाको मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीका एक जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका एक पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका एक पुरुष, मकवानपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष र नवलपरासीपूर्वका एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

यस्तो छ मन्त्रालयको विवरण

संक्रमितको संख्या बढेको बढ्यै
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१ सय संक्रमित थपिएका छन् । ललितपुरका ३ सय ६९ र भक्तपुरका २ सय ३ जनामा संक्रमण देखिएको छ ।

थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...