काठमाडौं उपत्यकाभित्र अत्याधिक बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २६७२ जनामा कोरोना पुष्टि

देशभर ५००८ जनामा संक्रमित थपिँदा १ लाख ५ हजार ६८४ पुग्यो

Kathmandu vally

काठमाडौं । नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । त्यसमा पनि काठमाडौं उपत्यका त कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१ सय संक्रमित थपिएका छन् । ललितपुरका ३ सय ६९ र भक्तपुरका २ सय ३ जनामा संक्रमण देखिएको छ ।

थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ ।

संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...