डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक : आन्दोलनकर्मी भन्छन्, सरकारले केसीलाई मार्न खोज्यो

Govinda kc 23

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ । डा. केसीले १९ औं अनशन भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए ।

डा. केसीको अनसनको शुक्रबार २६ औं दिन हो । लामो समयदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा. केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको डा. जीवन क्षेत्रीले बताए ।

वार्ता असफल भएपछि डा केसीका तर्फका वार्तामा सहभागी डा. जीवन क्षेत्रीले वार्तामा सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको बताए ।

१९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसकेको डा. क्षेत्रीले जानकारी दिएका छन् । उनले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको वार्ता टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ । केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाएका छन् ।

‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो’ डा. क्षेत्रीले गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदाधिकारीहरुसित छलफल र परामर्श गरी आवश्यक गृहकार्य गरेको थियो ।

दुवै पक्षको गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका मागहरुका सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते उक्त समझदारीबाट पछि हट्दै सरकारी वार्ता टोलीले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...