कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

तिलोत्तमा । बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ४ः५० बजे शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने बुटवल १० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७ः१५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

तीमध्ये शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको डा. थापाले बताए ।

त्यस्तै, गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनलाई निमोनिया र मिर्गौलामा समस्या देखिएको डा। थापाले बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...