स्वास्थ्य मन्त्रालयले भन्यो : यस पटक दशैंमा बुढापाकासँग गएर टीका नलगाउँ, बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ

Jageshor gautam 768x513

काठमाडौँ । सरकारले यो वर्ष दशैँमा टिका लगाएर बुढापाकासँग आशिर्वाद नलिन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम रहेको भन्दै सरकारले यो वर्षको दशैँमा बुढापाकासँग गएर टीका लगाउने तथा आशिर्वाद लिने काम नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा भने, ‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ, बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ ।’ गौतमले दशैँमा धेरै भीडभाड गर्दा कोरोना संक्रमणको जोखिम थप बढ्ने भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।अहिलेसम्म नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

यता, सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसे नबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...