भेरी अस्पतालमा कोरोना संंक्रमित महिलाको मृत्यु
दाङ । दाङ घोराहीकी एक महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ३५ वर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो ।
उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना पुष्टि भएको थियो । उनी सोही दिन नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको स्वास्थ्यमा सुधार नआएपछि बुधबार दिउँसो मृत्यु भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस