कोरोना रोकथामका लागि श्रीलंकामा कर्फ्यु विस्तार

Srilanka curfuew 20201007133216

कोलम्बो । श्रीलंकामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकामा पछिल्लो एकै दिनमा ८३० जना संक्रमित थपिएका छन् । श्रीलंकामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टाइनमा बसेका छन् ।

श्रीलंकामा हालसम्म कोरोना भाइरसबाट तीन हजार ७३३ जना संक्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ। त्यसैगरी कुल संक्रमित मध्ये तीन हजार २६६ जना संक्रमणमुक्त भइसकेका छन् । यस मुलुकमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । संक्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् ।

क्वारेन्टाइनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टाइन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।

प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो । सरकारी अधिकारीहरुले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...