बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु
बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल–१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
गौतमका अनुसार असोज १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ६ दिनसम्म होम आइसोलेसनमै बसेका थिए । बुधबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको डा गौतमले बताए ।
प्रतिकृया दिनुहोस