हालसम्मकै उच्च दरमा थपियो संक्रमण : थप ३४३९ जनामा कोरोना पुष्टि

सक्रिय संक्रमित संख्या २५ हजार नाघ्यो, डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुग्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् ।

हाल देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ भने ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...