चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु

Dead ihx8ctnygo 19

चितवन । चितवनमा मङ्गलबार साँझ थप दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भइ अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

यस्तै आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असोज १८ गते पिसीआर परीक्षणका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्‍वासप्रश्‍वासमा समस्या देखिएका ती पुरुषको ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्युपछि साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...