हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

Haribanshaacharya 20201006140451

काठमाडौं । कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

अभिनेता आचार्यले मंगलबार फेसबुकमार्फत दम्पत्तिलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन् ।

‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं’, हरिवंशले फेसबुकमा लेखेका छन्, ‘कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ ।’

आचार्यले आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गर्न अनुरोध गरेका छन् । ‘हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनु होला’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...