कोरोना संक्रमण : कोरोना भाइरसको उद्गमस्थल चीनलाई उछिन्यो नेपालले

Corona logo nishannews

काठमाडौं । गत वर्षको डिसेम्बरमा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोभिड – १९ (कोरोना संक्रमण) ले पूरा विश्वलाई आक्रान्त पारेको छ ।

सुरुमा चीनमा संक्रमण तीव्र रुपमा फैलिए पनि पछिल्लो समय त्यहाँ फाट्टफुट्ट रुपमा मात्र संक्रमित भेटिने गरेका छन् । तर, अहिले कोरोना संक्रमणमा नेपालले चीनलाई उछिनेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५१ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालले कोरोना भाइरसको उद्गमस्थ मानिएको चीनलाई उछिनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । जबकी मंगलबार दिउँसोसम्म चीनमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ५२ छ । जुन नेपालको भन्दा एक सय ६२ ले कम हो ।

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृतकको संख्या भने चीनमा निक्कै धेरै छ । चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय भने चीनमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार चीनमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८५ हजार ५ सय ४१ जना निको भएका छन् । चीनमा सक्रिय संक्रमितको संख्या ३ सय ७२ मात्रै छ ।

नेपालमा कोरोना पुष्टि भएकामध्ये ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

विश्वका केही मुलुकलाई छोडेर सबैतिर फैलिएको कोरोना भाइरसबाट करिब ३ करोड ५५ लाख जना संक्रमित भएका छन् भने १० लाख ४४ हजारभन्दा बढीको मृत्यु भएको छ । २ करोड ४७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

दक्षिण एसियाको तथ्यांक हेर्ने हो भने नेपालमा तीव्र रुपमा कोरोना संक्रमण बढिरहेको छ । दक्षिण एसियामा सबैभन्दै धेरै भारत प्रभावित बनेको छ । नेपाल चौथौ. स्थानमा छ । सबैभन्दा प्रभावित भएको दक्षिण एसियाली मुलुक भुटान हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...