तीन वर्षीया बालिकासहित चितवनमा थप २० जनामा कोरोना भाइरसको पुष्टि

Co

चितवन । चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण भएको छ । संक्रमित हुनेमा ३ वर्षीया बालिका पनि छन् ।

इच्छाकामनाका एक पुरूष, रत्ननगर र कालिकाका एकरएक जना महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् । यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको डा. अधिकारीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...