जिल्लाका भिआइपीलाई कोरोना संक्रमण, स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

Argakhachi hospital

अर्घाखाची । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल अर्घाखाँचीका प्रसुती र अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ ।

बिरामीको उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीका प्रसुती र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

समुदायस्तरमा बढी समाजमा घुलमेल हुनेहरु जिल्लाका उच्च तहका १३ जनामा कोरोना संक्रमण देखिएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोककुमार थापा क्षेत्री, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मालगायत १३ जनामा संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका गौतमले बताए ।

जिल्लाका विभिन्न स्थानमा गएका पहिरो प्रभावितहरुको राहात तथा पुनर्स्थापनामा खटिएकाहरुमा कोरोना देखिएको छ । यसअघि आश्विन ६ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन राहत उद्वार र पुनर्स्थापनामा खटिएकै बेला प्रमुख जिल्ला अधिकारीलगायत ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसको दुई दिनपछि गरिएको स्वाब परीक्षणमा सोही विपद व्यवस्थापनमा सँगै खटिएका १३ जनामासमेत संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...