कण्डम प्रयोग गर्नु कति उचित, कति अनुचित ?

Condom

काठमाडौं ।  परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै एचआईभी र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौनरोग बाट समेत बचाउँछ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौन सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...