नेपालमै भयो घटना : प्रसुति गृहमा सोनिका तामाङले जन्माइन् ५ जना शिशु

Sisu 20201005110825

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् । मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ ।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया २८ वर्षिया सोनिका तामाङको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो । पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो ।

गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो । तर, सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रिया गरि सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । १.८, १.९, १.६ र ८०० ग्रामका छन् ।

जिवित जन्मिएका तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौललाई भने एनआईसीयू राखेर उपचार गरिएको छ ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै छ । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नुपरेको शल्यक्रियामा संलग्न चिकित्सकहरुको भनाई छ ।

गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पति काठमाडौं आएर बसेका थिए । विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतिले सन्तान जन्माएका हुन् । बिचमा गर्भ रहेपनि दुई पटक खेर गएको हरिकुमार तामाङले बताए ।

‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दा मात्रै ५ वटा शिशु भएको थाहा भयो,’ सल्यक्रियामा संलग्न डा. किर्तिपाल सुवेदीले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’

मृत शिशुका कारण अन्य जिवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन९डीआईसी०ले अन्य शिशुको वृद्धि विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...