२४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्‍यु

Corona dead body

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षीया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै काठमाडौंमै २६ वर्षिय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय, ९१ वर्षीय पुरुषको मृत्यु भएको छ।

पर्सामा ६५ र गोरखामा ४५ वर्षीया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सर्लाहीमा ४२ वर्षीय र ६९ वर्षीय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षीय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...