दैलेखका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारकमा क्रममा मुत्यु

Dead ihx8ctnygo 19

दैलेख । दैलेखका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार नै शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

भर्ना गर्दाकै बेला ती पुरुषको स्वास्थ्य अवस्था जटिल रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती पुरूषको मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आइतबार नै बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो । बाँकेका २० र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका १० गरी हालसम्म बाँकेमा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...