बेलायतमा पछिल्लो २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए

Corona psycho

लन्डन । पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको हो ।करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्यांक अनुसार सात गुणाले वृद्धि भएको छ ।

आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।

गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् । हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...