संक्रमणको ‘हटस्पट’ बन्यो दक्षिण एसिया : भारतमा सबैभन्दा बढी संक्रमित, नेपाल चौथो स्थानमा

Corona update south

काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनको वुआनबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको इपिसेन्टर पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरु बनिरहेका छन् ।

दक्षिण एसियामा नै पहिलो पटक कोरोना संक्रमित भएको मुलुक नेपाल अहिले बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ भने सबैभन्दा प्रभाव भुटानमा परेको छ ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा हालसम्म ६५ लाख ४९ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । भारतमा १ लाख १ हजार ८ सय १२ जनाको मृत्यु भइसकेको छ ।

भारतपछि सबैभन्दा बढी प्रभावित बङ्गलादेश रहेको छ । बङ्गलादेशमा ३ लाख ६७ हजार ५ सय ६५ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये ५ हजार ३ सय २५ जनाको मृत्यु भएको छ ।

त्यसपछि पाकिस्तानमा ३ लाख १४ हजार ६ सय १६ कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ हजार ५ सय १३ जनाको मृत्यु भएको छ ।

यसपछि चौथो स्थानमा नेपाल रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । संक्रमितमध्ये ५ सय २८ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३९ हजार २ सय ९७ जना रहेका छन् । संक्रमितमध्ये १ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ६५ जना रहेको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको छ । श्रीलंकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ९५ जना रहेका छन् । हालसम्म १३ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम प्रभावित मुलुक हो । भुटानमा कोरोना संक्रमितको संख्या २ सय ८३ रहेको छ । भुटानमा अहिलेसम्म कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...