काभ्रेमा कोरोनाबाट थप एकजना पुरुषको मृत्यु

Corona death1

काभ्रे । काभ्रेमा कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा बनेपा नगरपालिका–१३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आइतबार थप एक जनाको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। जसमा ७ जना पुरुष र ६ जना महिला रहेको छ भने ३ पुरुष र २ महिला गरी ५ जना अन्य जिल्लाका रहेका छन् ।

थप २८ नयाँ कोरोना संक्रमित जिल्लामा आइतबार २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य प्रमुख झाले धुलिखेल नगरपालिकाका ४ जना पुरुष, पनौती नपाका १ जना महिला र २ जना पुरुष, पाँचखाल नपाका २ जना पुरुष, रोशी गाउँपालिकाका १ जना पुरुष र ३ जना महिला र बनेपा नपाका १० जना पुरुष र ५ जना महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको छ। जसमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ७२ छ । जिल्लाका ४ सय ४८ जनाले उपचारपछि कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...