हालसम्म ६२७४० जना कोरोना संक्रमित निको

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २१ हजार ३ सय २ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २ सय ७३ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ५ सय २९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ६१ हजार ६ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...