डा. गोबिन्द केसीको समर्थनमा माइतीघरमा मौन प्रदर्शन

C 5

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा  देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा. गोबिन्द केसीको समर्थनमा मौन प्रदर्शन गरिएको छ ।

आज (शनिबार)  सोलिडारिटी फर डा.गोविन्द केसी समूहले काठमाडौंको माइतीघर मण्डलामा डा.केसीको समर्थनमा मौन प्रदर्शन गरेका हुन् ।

अनसनको २० औं दिन पुगिसक्दा पनि सरकारले डा. केसीको मागप्रति कुनै चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले खेद व्यक्त गरेका छन् ।

 उनीहरुले ‘स्वास्थ्य र शिक्षामा माफिया तन्त्र बन्द गर’, ‘डा.गोविन्द केसी जिन्दाबाद’,‘आई एम विथ डा.गोविन्द केसी’, लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । हाल डा.केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा अनसनरत छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...