प्रदेश २ का थप ३४ जनामा कोरोना पुष्टि
काठमाडौं । पर्साको वीरगन्ञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये पर्साका १५ , बाराका १७, रौतहटका दुई र कास्कीका एकजना रहेका अस्पतालका सूचना अधिकारी डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
संक्रमितमध्ये २८ जना पुरुष र सातजना महिला रहेका छन्। उनीहरु पाँचदेखि ७७ वर्ष उमेर समूहका रहेको डा। चौरसियाले जानकारी दिए।
प्रतिकृया दिनुहोस