चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

Corona4

चितवन । चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवन भरतपुरका हुन् भने अर्का मकवानपुर हेटौंडाका हुन् । पुरानो मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका(११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी उनलाई असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचाररत उनको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–७ न्यौरेनीका ७८ वर्षीय पुरुषको शुक्रबार उपचाररको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति भरतपुर अस्पतालमा रेफर गरिएको थियो । अस्पतालका अनुसार बिहीबार नै उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...