कैलालीमा प्रहरी हिरासतमा रहेका ७ थुनुवामा कोरोना पुष्टि
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका ७ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ थुनुवा र ११ जना प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई छुट्टै प्रहरी हिरासत कक्षमा राखिएको उनले बताए ।
प्रतिकृया दिनुहोस