काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको संख्या ह्वातै बढ्यो, २४ घण्टामा १६३८ संक्रमित थपिए
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै बढी २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।
प्रतिकृया दिनुहोस