खोप लगाउन थालिए पनि यसकारण कोरोना अझै एक वर्ष रहन्छः वैज्ञानिक

Corona vaccine

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । खोप आएपछि महामारी साम्य हुने आशामा विश्व समुदाय रहेका बेला रोयल सोसाइटी डेल्भ इनिसिएटिभअन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले निराशाजनक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका हुन्। जसमा खोप प्रयोगमा आउँदैमा महामारी अन्त्य नहुने बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले विश्वमा २ सयभन्दा बढी खोप बनिरहेका छन् भने तीमध्ये ४० वटाभन्दा बढी मानिसलाई लगाएर गरिने परीक्षण चरणमा पुगेका छन्। तर खोप प्रभावकारी प्रमाणित भई प्रयोगमा आउन थाले पनि आउँदो मार्चसम्म जनजीवन सामान्य अवस्था फर्किने सम्भावना नरहेको वैज्ञानिकले बताएका हुन्।

यसैकारण खोप तयार भइसकेपछि पनि संक्रमण फैलिन नदिन लागू गरिएका प्रतिबन्ध एकैचोटि हटाउन नमिल्ने, क्रमशः कम गर्दै लानुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

इम्पेरियल कलेज लन्डनको नेसनल हार्ट एन्ड लङ इन्स्टिच्युटकी डा फिओना कलीले भनेकी छन्, ‘खोपबाट महामारी अन्त्य हुन्छ भन्ने ठूलो अपेक्षा छ, तर खोप विकासको इतिहास हेर्दा धेरै असफलता पनि भएका छन्।’ बेलायत, अमेरिकालगायत देशमा यही वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुवातमा यो क्रम व्यापक हुने आशा गरिएको छ ।

इम्पेरियल कलेज लन्डनकी केमिकल इन्जिनियरिङ विभागका प्रमुख निलय शाहले भनेका छन्, ‘खोप प्रयोगमा आएको महिना दिनभित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन। खोप लगाउने प्रक्रिया पूरा हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ। त्यसैले आउँदो मार्चसम्म जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...