मोटोपन नियन्त्रणका लागि कस्तो खाना खाने ?

Organic mixed beans shoots 08052020105610 600x0

काठमाडौं । कोरोना भाइरसको सन्त्रास विश्वव्यापी चलिरहँदा बन्दाबन्दी र कोरोना भाइरसकाकारण धेरै मानिसहरु घरमै बसेका छन् । जसका कारण मोटोपनको समस्या निम्तिने प्रबल सम्भावना छ । घरबाटै सम्पूर्ण कार्यालयका कामदेखि स्कुल, क्याम्पसका पठनपाठन अनलाइन संचालन भइरहँदा आम जनमानसको जीवनशैली आसिन बनेको छ । धेरै खाने, बढी सुत्ने बानी बढ्दो छ । यस्तो अल्छिपना र आलस्यताले गर्दा तौल बढेको गुनासो गर्ने पनि छन् ।

धेरै मानिस आफ्नो आहारको छनोटलाई लिएर चिन्तित भएपनि केही प्रतिशत मानिसलाई बन्दाबन्दीले दसैं र चाडपर्वको माहोल सिर्जना गराएको छ । शरीरमा आवश्यकता भन्दा बढी तौल हुनुलाई मोटोपन भनिन्छ । शरीरको उचाईको अनुपातमा तौल साधारण बनाउन सन्तुलित आहारको भूमिका महत्वपूर्ण हुन्छ ।

सामान्य जीवनशैली र अनियन्त्रित भोजन मोटोपनका प्रमुख कारक हुन् । हाल बन्दाबन्दीको माहोलले गर्दा खाना र स्वास्थ्य दुवैमा आफैंले विशेष सजगता अपनाउनु जरुरी छ ।

मोटोपनलाई कसरी समाधान गर्ने ?

– दैनिक थालीमा सन्तुलित आहार खाने बानी बसाल्नुपर्छ । कार्बोहाइड्रेट पाइने अन्न तथा कन्दमूल जस्तैस् मकै, गहुँ, फापर, आलु, चामल सामान्य मानिसले ५५देखि ६० प्रतिशत आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्दछ ।

एमिनो एसिडको भण्डार प्रोटिनले शरीरको वृद्धि तथा मांशपेशी बलियो बनाउन मद्दत पुर्‍याउँछ । माछा, मासु, अन्डा, दही, चीज, दाल तथा गेडागुडीबाट प्रशस्त प्रोटिन पाउन सकिन्छ । दैनिक १५देखि २५ प्रतिशत प्रोटिन शरीरलाई आवश्यक पर्दछ । भिटामिन तथा महत्वपूर्ण खनिजतत्व प्राप्त गर्न तरकारी, हरियो सागसब्जी, फलफूल दैनिक ३ सय देखि ४ सय ग्रामसम्म प्रयोग गर्नु पर्दछ ।

घीउ, तेल, बदाम, बटरमा पाइने चिल्लो पदार्थ अर्थात् फ्याट दैनिक २० देखि २५ प्रतिशत समावेश गर्नुपर्दछ । मोटोपन समाधानका लागि फ्याटको मात्रा कम गर्ने (दैनिक ३० देखि४०ग्राम), उच्च प्रोटिन डाइट (८०देखि ९० ग्राम) प्राप्त हुने वनस्पति तथा पशुजन्य स्रोत अंगाल्नुपर्छ । मध्यम प्रतिशत कार्बोहाइड्रेट (३५–५०प्रतिशत) आफ्नो दैनिक मेनुमा समावेश गर्न सकिन्छ ।

– नियमित ब्रेकफास्ट प्रयोग गर्नाले पेट भोको नरहने हुँदा धेरै खाने प्रवृतिलाई रोक्न मद्दत पुर्‍याउँछ ।

– कम खाने र पटक–पटक नियमित समयमा खाने बानीले क्यालोरीलाई नियन्त्रणमा ल्याउन मद्दत पुर्‍याउँछ ।

– मैदाजन्य खानेकुरा पास्ता, चाउचाउ, बिस्कुट, मःम, चाउमिन, थुक्पाको प्रयोग कम गर्ने र गुलियो कुकिज, डुनट र उच्च क्यालोरी हुने केकको प्रयोग कम गर्नु पर्छ ।

– मौसमी रंगीबिरंगी फलफूल दैनिक २,३ पटक खाने बानी बसाल्नाले यसमा पाइने रेशाले भोक ढिला लगाउनुका साथै पेट भरी भएको महसुस गराउँछ । जसकारण तौल नियन्त्रणमा मद्दत पुग्दछ । दैनिक २१ देखि ३५ ग्राम रेशा (फाइबर) शरीरलाई आवश्यक पर्दछ ।

– बिस्कुट, कुकिज, चकलेटको प्रयोगको सट्टा फाइदाबद्र्धक चिल्ला खानेकुरा ओखर, काजु, बदाम, पेस्ता दैनिक १५ देखि २० ग्राम भोक लागेको समयमा खाँदा मस्तिस्क स्वच्छ हुनुका साथै पेट गह्रौ भएको महसुस गराउँछ ।

– अंकुरित प्रकृयाबाट गेडागुडीको टुसा उमारेर दैनिक २५ देखि ३० ग्राम बिहान नास्ताको समयमा प्रयोग गर्नाले फाइबर प्रदान गराउनुका साथै तौल घटाउन मद्दत पुर्‍याउँछ ।

– शरीरमा पानीको मात्रा ७०देखि ९० प्रतिशत हुने भएकाले दैनिक ६ देखि ८गिलास पानी प्रयोग पिएमा निर्जलीकरणबाट जुध्न साथै तौल घटाउन मद्दत पुग्छ ।

– कम क्यालोरी भएको खाद्यान्न जस्तै मकै, ओट्स, खरबुजा, सूप, बन्दाकोबी, काँक्रा, कालो बोडीको प्रयोग गर्नु पर्दछ ।

– रोटी, गेडागुडी, दही, दूध, सागसब्जीलाई प्रशस्त दैनिक थालीमा समावेश गर्नाले क्यालोरी नियन्त्रणमा मद्दत पुग्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...