बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ संक्रमितको अवस्था (सुचीसहित)

Corona news 10

काठमाडौं । पछिल्ला केही दिन नेपाल कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेको छ । सरकारले लामो समयसम्म लकडाउन गरे पनि नियन्त्रण नभएपछि लकडाउन खुल्ला गर्न बाध्य भयो । तथापि लकडाउन खुल्ल गरेपछि नेपालमा संक्रमणको दर उच्च रुपमा बढिरहेको छ ।

त्यसमा पनि कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अधिकांश उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ४ सय ९८ जनाको मृत्यु भएको छ । देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।

कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३ जना छन् ।

यस्तै मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...