कोरोनाविरुद्धको रूसी खोप सफल भए नेपालमा मङ्सिरदेखि

Corona vaccine

काठमाडौं । रूसले परीक्षणको तेस्रो चरणमा पुर्‍याएको कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ।​रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो ।

परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन्‌। परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले बताए ।

उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ। खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ । एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो । परीक्षण क्रममा रहेको खोपलाई बुक गरेको अधिकारीले बताए ।

बुक गरेको खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ अधिकारीले भने, अहिले कम्पनी र रसियन फन्डसँग सम्झौता मात्र भएको छ। नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा सहमति गरिएको हो। खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले जनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...