नेपाललाई खुसीको खबर : २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक –५’ नेपाल ल्याउने सम्झौता

Rus corona)vaccin

काठमाडौं । नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । कोरोना संक्रमण बढिरहेका बेला मंगलबार नेपालीका लागि केही सकारात्मक सन्देश आएको छ ।

कोरोना भाइरसविरुद्धको साढे २ करोड डोज खोप नेपालमा ल्याउनका लागि सम्झौता भएको छ । २ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने बताइएको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक –५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्नेगरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए ।

‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग समन्वय गर्दै हामीले कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुतनिक –५ को अन्तिम परीक्षणको पर्खाइमा छौं । र, नेपाल सरकारको इजाजतको समेत आवश्यकता पर्ने भएकाले त्यसको समेत पहल गरिरहेका छौं ।’

नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक –५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । रुसी फन्डले यस सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत प्रकाशित गरिसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...