काठमाडौँ उपत्यकामा एकैदिन थपिए ९३४ जना कोरोना संक्रमित

Kathmandu hrxiovv3zj

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएका छन् भने ४ सय ९१ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...