विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

Corona 1

काठमाडौँ । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । हिजो शनिबार कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ ।

कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म दुई लाख नौ हजार ४५३ जनाको मृत्यु भइसकेको छ । त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ७७६ र भारतमा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा धेरै एक हजार ४० जनाको मृत्यु भएको छ। त्यसपछि मेक्सिकोमा ३९९, ब्राजिलमा ३३५ र अमेरिकामा २७६ जनाको मृत्यु भएको छ ।

भारतमा १ सेप्टेम्बर यता हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। सेप्टेम्बरमा मात्र त्यहाँ ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिका र ब्राजिलमा भने मृत्युदर उतारचढाव भइरहेको छ ।

अहिले विश्वभर ७६ लाख ६५ हजार ४७९ जना कोरोनाका उपचाररत संक्रमित छन् । तीमध्ये करीब एक प्रतिशत अर्थात ६५ हजार ३६७ जना गम्भीर छन् । हालसम्म विश्वका तीन करोड ३२ लाख ९७ हजार ५०३ जना कोरोना संक्रमित भइसकेका छन् । तीमध्ये दुई करोड ४६ लाख २९ हजार ८८७ जना निको भएका छन्  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...