पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना पुष्टि, कुल संख्या ७३,३९४ जना पुग्यो

254535

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका  अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९  रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...