अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको मृत्यु

Achham hospital

अछाम । अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको मृत्यु भएको छ । अछाममा शनिबार राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अछाम स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार बान्नीगढी जयगढी गाउँपालिका–३ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । अछाम जिल्ला अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे ।

‘स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान अस्पताल पुर्‍याइएको थियो, तर राति ९ बजे उनको मृत्यु भयो,’ उनले भने । गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँ रहेका उनीसहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए । कोरोनाका लक्षण देखिएको संक्रमितको स्वास्थ्य अवस्था गम्भीर थियो,’ गाउँपालिका अध्यक्ष खड्काले नेपालखबरसँग भने, ‘राख्न भेन्टिलेटर नहुँदा धनगढी लैजाने तयारी भइरहेको थियो । तर राति नै मृत्यु भइहाल्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...