कंगोमा सहसेनानीबाट निर्घात कुटिए सैनिक जवान

Army 1 768x445

काठमाडौँ । अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात रुपमा कुटपिट गरेका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिक जवान आफ्नै कमान्डरबाट निर्घात कुटिएका हुन् ।

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिकलाई कुट्ने सहसेनानी इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल हुन् । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ ।

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन सहसेनानी ले कुटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको छ ।

क्याप्टेनहरूले निर्घात् कुटेका सैनिकको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ । आफ्नै हाकिमबाट दैनिक हुने निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पीडितहरूले बताएको जनआस्थाले लेखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।

सैनिक आचरण र मर्यादा विपरीत भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि जेष्ठ सेनानीको नेतृत्वमा छानबिनको प्रकृया सुरु गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...