कोरोना संक्रमितको खोजी गर्न एक सय ७८ टोली परिचालन

982955280corona 2

काठमाडौँ । बागमती प्रदेशमा कोरोना संक्रमितको खोजी र फलोअपका लागि एक सय ७८ वटा टोली परिचालन गरिएको छ । बागमतीमा संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेका कारण उनीहरूको पहिचान र फलोअपका लागि टोली परिचालन गरिएको हो ।

कोरोना संक्रमण अझ बढी नफैलियोस् र संक्रमितको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यका साथ टोली परिचालनमा जोड दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोजी र फलोअप नाम दिइएको टोलीका लागि जिल्लामा आवश्यकताअनुसार जनस्वास्थ्य अधिकृत, प्रयोगशालाकर्मी र स्टाफ नर्स रहने मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताए ।

टोलीको मुख्य काम संक्रमितको खोजी गर्ने, उनीहरूको विवरण बुझ्ने, स्वास्थ्यबारे जानकारी राख्ने र कन्ट्याक्ट ट्रेसिङका लागि बुझ्नेसँगै सचेत गराउनेसमेत रहेको सेढाईंले जानकारी दिए ।

हाल प्रदेशको १३ वटै जिल्लामा टोली परिचालन गरिएको छ । काठमाडौंमा ३२, काभ्रेमा १९, धादिङमा १६, चितवनमा १५, सिन्धुपाल्चोकमा १४, ललितपुरमा १३, मकवानपुरमा १३, नुवाकोटमा १२, दोलखामा ११, सिन्धुलीमा नौ, भक्तपुरमा आठ, रामेछापमा आठ, रसुवामा पाँच र प्रदेश निर्देशनालयमा तीनवटा टोली परिचालन गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सेढाईंका अनुसार हाल चार सय ३५ वटा आइसियू बेड र एक सय ९८ भेन्टिलेटर तयारी अवस्था राखिएको छ । हाल देशका कुल संक्रमितमध्ये बागमतीमा ३५.१९ प्रतिशत रहेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितको संख्या २४ हजार आठ सय ५४ रहेको छ भने १३ हजार नौ सय १६ निको भई डिस्चार्ज भएका छन् । १० हजार सात सय ६९ जना उपचाररत छन् भने एक सय ६९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...