चीनले बनायो कोरोना निको पार्ने भ्याक्सिन, डब्ल्युएचओले आम नागरिकमा लगाउन दियो अनुमति

एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता भएको चीनको दाबी

Vaccine corona chin

काठमाडौं । कोरोना संक्रमणले विश्व नै हल्लिएको बेला चीनले कोरोना भाइरस निको पार्ने भ्याक्सिन तयार पारेको छ । चीनले तयार पारेको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको चिनियाँ स्वास्थ्य अधिकारीलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ ।

चीनले तेस्रो चरणमा ५ वटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण अन्तरगत आम मानिसमा भ्याक्सिन लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए ।

चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो । चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिसकेको छ ।

डब्ल्युएचओका डायरेक्टर जनरल डा।मरिअनजेला सिमाओले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले आपतकालीन प्रयोग अस्थायी समाधान भन्दै तेस्रो चरणको परीक्षणको नतिजाले विशेष महत्व राख्ने बताएका छन् ।

सिएनबिजी र सिनोभ्याक भ्याक्सिन चीनमा आपतकालीनरुपमा दिन थालिएको छ । क्यानसिनोको भ्याक्सिन भने मिलिट्रीका लागि प्रयोग गरिएको छ । चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले भ्याक्सिन बजारमा ल्याउने बताएका छन् । एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता आफ्नो देशसँग भएको चीनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...