प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिब्य शाहलाई कोरोना पुष्टि

Dr divya shing shah

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिन डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी शाहको त्रिवि शिक्षण अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिडसँग मिल्ने केही लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएकी थिइन् । जसको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगे उनी होम आइसोलेसनमा बसेकी छन् ।

आफ्नो निकट सम्पर्कमा रहेकालाई सुरक्षित रहन र परीक्षण गर्नका लागि आग्रह पनि गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...