काठमाडौंमा घटेन संक्रमण, पछिल्लो २४ घण्टामा ७२४ जनामा संक्रमण पुष्टि

Kathmandu vally

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

त्समा पनि सबैभन्दा बढी काठमाडौं महानगरपालिका छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए ।
नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ। मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...