कोरोना संक्रमितको संख्या बढेको बढ्यै, पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना पुष्टि

कुन जिल्लाका कति संक्रमित ? (सूचीसहित)

Corona test19

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै ७१ हजार ८ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६७ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ।  मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।

हेर्नुस् सूची

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...