कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो काठमाडौं महानगर, कुन वडामा कति छन् संक्रमित ? (सुचीसहित)

Kathmandu 22

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

त्समा पनि सबैभन्दा बढी काठमाडौं महानगरपालिका छ । काठमाडौंको महानगरपालिकामा संक्रमितको संख्या ७ हजार ८ सय ९२ पुगेको छ । ज्यान गुमाउनेको संख्या ६४ पुगेको भने २ हजार ४ सय ९५ जना निको भएर घर फर्किएका छन् ।

काठमाडौं महानगरपालिकाको पनि सबैभन्दा बढी वडा नं. १५ स्वयम्भूमा कोरोना संक्रमितको संख्या अधिक छ । यहाँ कोरोना संक्रमितको संख्या ७ सय २४ पुगेको छ । त्यहाँ ४ जनाले ज्यान गुमाएका छन् ।

महानगरको वडा नं. १६ सोह्र खुट्टेमा संक्रमितको संख्या ५ सय २४ पुगेको छ । काठमाडौं महानगरपालिकाको वडा नं. ३ महाराजगञ्जमा ४ सय ४९ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ७४ जना, वडा नं. १३ कालिमाटीमा ४ सय २६ र वडा नं. १४ कलंकीमा ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरको वडा नं।२८ पुरानो बसपार्कमा ३ सय ७७ जना, वडा नं. ३२ कोटेश्वरमा ४ सय २१ जना र महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

अन्य ठाउँमा कति ?

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...