विश्व स्वास्थ्य संगठनले भन्यो, कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि कम्तिमा २० लाखको ज्यान जान्छ

Who logo

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि संसारभर कम्तिमा २० लाख जनाले ज्यान गुमाउने चेतावनी दिएको छ ।

संगठनका आपतकालीन सेवाका प्रमुख डा।माइक रायनले कोरोनाविरुद्धको खोप पत्ता लाग्ने समयसम्म संसारभर कम्तिमा २० लाख मानिसले ज्यान गुमाइसक्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डब्ल्युएचओले कोरोना संक्रमणबाट जोगिनका लागि सबै देशले एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

डा।रायनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि खोप र उपचारमात्रै नभएर मानविय व्यवहार महत्वपूर्ण भएको तर्क गरेका छन् । उनले सबै देशका सरकारले कोरोना नियन्त्रणका लागि विशेष सतर्कता र कडाइका सबै उपायको अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । ३ करोड २५ लाख मानिस संक्रमित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...