भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२ हजार पुग्यो

Corona india1 e1593331074882

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ५२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२ हजार २९० पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । पछिल्लो २४ घण्टामा १ हजार १४१ संक्रमितको ज्यान गएको छ ।

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...