पर्सा, बारा र रौतहटमा थप ३१ जनालाई कोरोना संक्रम

Corona1 copy

पर्सा । पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षण अनुसार पर्सामा २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ८ वर्षका बालबालिका देखि ७४ वर्षका वृद्धसम्म छन् । अस्पतालका सूचना अधिकारी तथा चिकित्सक डा. अतुलेश चौरसियाका अनुसार १० महिलासहित २७ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनका अनुसार एक सय ६६ जनाको पिसिआर परीक्षण गरिएकामा कालिकामाई गाउँपालिका वडा नम्बर १ मा ११ जना, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ मा तीन जना, वडा नम्बर २ मा एक जना, वडा नम्बर १० मा एक जना, वडा नम्बर १४ मा दुई जना, वडा नम्बर २५ मा एक जना र वडा नम्बर २७ मा एक जना गरी महानगरमा नौ जना कोरोना संक्रमण देखिएको हो ।

यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना र सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर २ मा एक जना संक्रमित थपिएका हुन् । पर्सासंगै नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको परीक्षणमा बारामा तीन जना र रौतहटका एक जनामा समेत संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...