ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

Chiribabu maharjan 1

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि राष्ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि दिएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् ।

उनको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ । आजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनिहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको छ । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए । उनले भने, मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनिहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...